आज मिति २०८१ साल असार २६ गते वुधवारका दिन यस मध्यवर्ती बहुमुखी क्याम्पस, कावासोती १७, गोछडामा नियमित अध्ययनरत विपन्न तथा वन्यजन्तुवाट पिडित एवं गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि
चालु आ.व. २०८०।०८१ मा अमलटारी उपभोक्ता समिति, कावासोती १५, गोडारवाट विनियोजित रकम रु २५,०००।, साना किसान कृषि सहकारी संस्था, अग्यौलीवाट विनियोजित रकम रु. २०,०००।, विश्वविद्यालय अनुदान आयोग (UGC), सानोठिमी, भक्तपुरवाट विनियोजित रकम रु. ३,३६,०००। र क्याम्पसको आन्तरीक स्रोतवाट विनियोजित रकम रु. ३,३२,०००। गरि जम्मा रकम रु. ७,१३,०००।
यसै क्याम्पसका संचालक समितिका अध्यक्ष श्री डाँसीराम वस्याल ज्यूको अध्यक्षता एवं कावासोती नगरपालिका वडा नं. १७ का वडाध्यक्ष श्री चुरामणी थनेत ज्यूको प्रमुख आतिथ्यता, अमलटारी उपभोक्ता समिति, गोडारका अध्यक्ष श्री केदारनाथ घिमिरे ज्यूको विशिष्ट आतिथ्यता, साना किसान कृषि सहकारी संस्था, अग्यौलीका अध्यक्ष श्री मित्रलाल श्रेष्ठ ज्यूको विशिष्ट आतिथ्यता,
मध्यविन्दु साझेदारी वन व्यवस्थापन समूह, कावासोती १४, कोटटाँडीका अध्यक्ष श्री भगवान खनाल ज्यूको विशिष्ट आतिथ्यता, अमलटारी उपभोक्ता समिति, गोडारका सदस्य एवं यसै क्याम्पसको धान्याचल ज्ञान महायज्ञका आर्थिक उप समितिका संयोजक श्री रामकृष्ण ढुंगाना ज्यूको विशेष आतिथ्यता,
साना किसान कृषि सहकारी संस्था, अग्यौलीका संचालक समिति सदस्य श्री भिम बहादुर महतो ज्यूको विशेष आतिथ्यता, क्याम्पस संचालक समितिका पदाधिकारी ज्यूहरु,
आन्तरीक लेखा समितिका पदाधिकारी ज्यूहरु, समाजसेवी, वुद्धिजीवि, शिक्षाप्रेमी, चन्दादाता, स.प्राध्यापक तथा कर्मचारीहरु र विद्यार्थीहरुको
उपस्थितीमा छात्रवृत्ति वितरण तथा चौथो वर्षका विद्यार्थीहरुलाई विदाई कार्यक्रम सु सम्पन्न गरियो ।











