Madhyavarti Multiple Campus
कावासोती नगरपालिका वडा नम्बर १७ गोछडामा रहेको यस मध्यवर्ती बहुमुखी क्याम्पसले स्नातक तहमा प्राबिधिक शिक्षा संचालन गर्नका लागी आयोजना गर्न लागेको धन धान्याअन्चल ज्ञान महायज्ञको तयारी तिब्र रुपमा अगाडी बढेको छ ।
माघ ११ गते देखी १९ गते सम्म संचालन हुने महायज्ञको तयारी स्वरुप हालसम्म पुस्प रत्न महतोको संयोजकत्वमा एक हजार एक सदस्यीय मुल समारोह समिती बनाइएको छ भने विभिन्न उपसमितीको समेत निर्माण गरिएको छ ।

महायज्ञ सन्चालन गर्नका लागी रामकृष्ण ढुंगानाको संयोजकत्वमा आर्थिक उपसमिती, सबिना अधिकरीको संयोजकत्वमा महिला परिचालन उपसमिती , प्रेम नारायण महतोको संयोजकत्वमा युवा परिचालन उपसमिती, बिशाल थनैतको संयोजकत्वमा पुर्ब बिद्यार्थी परिचालन उपसमिती, युक्त प्रसाद गौडेलको संयोजकत्वमा बाचक छनैाट तथा छपाई उपसमिती , क्याम्पस सन्चालक समिती अध्यक्ष डासिराम बस्यालको संयोजकत्वमा प्रचार प्रसार उपसमिती, शिव प्रसाद काफ्लेको संयोजकत्वमा फ्रेम माला तथा दोसल्ला खरिद उपसमिती, सबिना अधिकारीको संयोजकत्वमा पुजा सामग्री कलश यात्रा तथा स्वागत उपसमिती गठन गरिएको छ ।

यसैगरी लिला बल्लब गौडेलको संयोजकत्वमा बाजा भजन कृतन ब्यवस्थापन उपसमिती , शमशेर बिकको संयोजकत्वमा अभिभावक परिचालन उपसमिती, बोधराज गैरेको संयोजकत्वमा मन्डप तुलादान, गेट र माला व्यवस्थापन उपसमिती, पुस्पराज बरालको संयोजकत्वमा सचिवालय ब्यवस्थापन उपसमिती, दिनानाथ लामीछानेको संयोजकत्वमा स्टोर ब्यवस्थापन उपसमिती गठन भएको छ ।
यसैगरी शालिकराम लामिछानेको संयोजकत्वमा यातायात ब्यवस्थापन उपसमिती, शिव काफ्लेको संयोजकत्वमा भान्सा व्यवस्थापन उपसमिती गठन गरिएको छ । भुपतीमान श्रेष्ठको सम्योजकत्वमा जग्गा मुल्यांकन उपसमिती, शिव पौडेलको संयोजकत्वमा पानी तथा बिधुत व्यवस्थापन उपसमिती, बिश्व ब्यापक गौडेलको संयोजकत्वमा स्वास्थ्य ब्यवस्थापन उपसमिती निर्माण गरिसकिएको छ ।
नवलपुरमा कृयासिल बिभिन्न राजनैतिक दल बिचको अन्तरकृया कार्यक्रम समेत सम्पन्न भइसकेको छ। । बि स २०७० सालदेखी सन्चालनमा आएको क्याम्पसले भौतिक पुर्बाधारको अभावमा सरस्वती मा बि को भवनमा बि बि एस तह सन्चालन गर्दै आइरहेको छ । बि बि एस तहको अन्तिम वार्षिक परिक्षा २०७६ मा क्याम्पसले गण्डकी प्रदेशका ८३ क्याम्पसमा सत प्रतिशत नतिजा सहित प्रथम स्थान समेत हासिल गरेको छ ।
प्रमुख बाचक भागवत अलन्कार एव बिद्वान पण्डित नेत्र प्रसाद पराजुलीको प्रमुख बाचकत्वमा हुने महायज्ञमा ५ करोड संकलन गर्ने लक्ष राखिएको र हालसम्म संघीय सांसद, प्रदेस सांसद बिकास कोष, मध्यबिन्दु साझेदारी बन, अमलटारी मध्यवर्ती उपभोक्ता समिती लगाएका संघ सस्थाबाट गरि करिब ६५ लाख रुपैयाँ संकलन हुने क्रममा रहेको आर्थिक समिती सम्योजक रामकृष्ण ढुङ्गानाले बताउनुभयो ।
हाल महायज्ञको लागि गाउँ जागरण अभियान कार्यक्रम संचालन भैरहेको छ । जस अन्तर्गत गोछडाटार, बरौलिटार, अमलटारि, गोछडा, गाेडार, शेरगन्नज र बाघखोर लगायतका गाउँमा छुट्टाछुट्टै गाउँ प्रचार प्रसार उपसमिती निर्माण भैसकेका छ्न भने अन्य कतिपय गाउमा प्रचार प्रसार उपसमिती निर्माणको क्रममा रहेको मुल आयोजक समिती संयोजक पुष्परत्न महतोले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *