Madhyavarti Multiple Campus

११ गते देखि १९ गते सम्म मध्यवर्ती बहुमुखी क्याम्पस गोछडा प्राङगढमा धन धान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी गरिएको हो । सरस्वती माध्यमिक विधालयको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि प्रविधियुक्त गुणस्तरीय शिक्षा प्रदान गर्ने लगाएतका उद्धेश्य राखि धन धान्याञ्चल ज्ञान महायज्ञ को तयारी गरिएको धन धान्याञ्चल ज्ञान महायज्ञ मुल समारोह समिती का संयोजक पुष्परत्न महत्तोले वताउनु भयो ।




धनधान्याञ्चलमा प्रखर भागवत वाचक एवं विद्धान पण्डित नेत्र प्रसाद पराजुलीको मुखारविन्दवाट प्रवचन हुने भएको छ । महोत्सवको विभिन्न चरणमा तयारी र छलफल भइरहेको छ । धनधाान्याञ्चलको तयारी अन्तर्गत वुधवार सर्वपक्षिय छलफल सम्पन्न भएको छ । संघिय सांसद तिलक महत , गण्डकी प्रदेश सांसद रोशन वाहादुर गाहा , विष्णु लामिछाने सहित जिल्ला स्थीत राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थितिमा धनधान्याञ्चल सञ्चालनको विषयमा छलफल गरिएको क्यापस व्यवस्थापन समितीका अध्यक्ष डासिराज वस्यालले जानकारी दिनु भयो । सो अवसरमा वोल्दै संघिय सासंद तिलक महतले धनधान्याञ्चलको सफलाका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । त्यसैगरी प्रदेश सांसद एवम् नेकपा नवलपुर जिल्ला अध्यक्ष रोशन वाहादुर गाहाले मध्यवर्ती वहुमुखी क्याम्पसको शैक्षिक एवम् भौतिक सुधारका लागि सिंगो पार्टि पंक्ति लागि पर्ने वताउनु भएको थियो ।

त्यसैगरी गण्डकी प्रदेश सांसद एवम् नेपाली काग्रेस नवलपुर अध्यक्ष बिष्णु लामिछानेले पनि धनधान्याञ्चल सफल पार्नका लागि नेपाली काग्रेसको तर्फ वाट पुर्ण साथ र समर्थन रहने वताउनु भएको थियो । सोहि अवसरमा राजपा नवलपुर जिल्ला अध्यक्ष ओम नारायण थनेत , संघिय समाजवादि पार्टिका नवलपुर जिल्ला उपाध्यक्ष भोजवाहादुर चौधरीले पनि क्यापसको स्तर उन्नतका लागि सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । सो अवसरमा नेकपाका केन्द्रीय सदस्य किसन शर्मा गैह्रे सहित नेकपा र नेपाली काग्रेसका कावासोती नगर अध्यक्ष , लगाएतका सरोकारवालाहरुको उपस्थिति रहेको मध्यवर्ती बहुमुखी क्यापसका प्रमुख हेमराज महत्तोले जानकारी दिनु भयो । भेला संघिय सासद तिलक महतको प्रमुख आतिथ्यता एवं धन धान्याञ्चल ज्ञान महायज्ञ मूल समारोह समिति संयोजक पुष्परत्न महत्तोको अध्यक्षतामा सम्पन्न भएको थियो । 

1 comment on “मध्यवर्ती बहुमुखी क्याम्पस गोछडामा माघ ११ देखि धनधाञ्चल हुने

  1. Baccarat: Is the Baccarat in your life any different? – Wolverione
    The first thing that you need to know about Baccarat is you're not going to bet against the dealer. Baccarat is 바카라 사이트 검증 the game of chance, and this is a

Leave a Reply to Anonymous Cancel reply

Your email address will not be published. Required fields are marked *