Madhyavarti Multiple Campus

 यस मध्यवर्ती बहुमुखी क्याम्पस, गोछडाको स्वागत, बधाई, बिदाइ एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न

कावासोती नगरपालिका वडा नं. १७ गोछडामा रहेको यस मध्यवर्ती बहुमुखी क्याम्पसको स्वागत, बधाई, विदाई तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रङ्गणमा भएको कार्यक्रम क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्री डाँसिराम बस्यालको अध्यक्षता रहेको थियो ।

कावासोती नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष श्री छविलाल महतोको प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष महतोले विद्यार्थीका मनोभावना बुझेर अध्यापन गराए शिक्षण प्रक्रिया प्रभावकारी हुने बताउनु भएको हो । विभिन्न आरोह अवरोह पार गर्दै गाँउ परिसरमा नै रहेको यस क्याम्पसले गुणस्तरिय शिक्षा प्रदान गरेको प्रति वडा कार्यालय सदैव आभारी रहने र आगामी दिनहरूमा क्याम्पस निर्माणका लागि रकम बिनियोजित गर्ने समेत बताउनु भएको हो ।

कार्यक्रममा धनधान्याचल मूल समारोह समितीका संयोजक एवं संस्थापक अध्यक्ष श्री पुष्परत्न महतो, त्रिभुवन बाल मा.वि., ढोकीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री चुरामणी थनेत, सरस्वती मा.वि., गोछडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री युक्त प्रसाद गौडेल, क्याम्पस संचालक समितिका पदाधिकारीहरु, क्याम्पस निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु, चन्दादाता, शिक्षाप्रेमी, बुद्धिजीवी, स-प्राध्यापक तथा कर्मचारीहरु लगाएत सरोकारवालाहरुको कार्यक्रमा उपस्तिथि रहेको थियो ।

वि.वि.एस चौथो वर्षमा अध्ययनरत छात्र विनोद लुइटेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्याम्पसका शैक्षिक तथा भौतिक एवं समग्र गतिविधीहरु यसै क्याम्पसका क्याम्पस प्रमुख हेमराज महतोले प्रष्ट पार्नु भएको थियो ।

विभिन्न विद्यालयबाट कक्षा १२ उत्तीर्ण हुन सफल भएका विद्यार्थीलाई अभिमुखिकरण , स्थानक प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई स्वागत तथा स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाई विदाइ कार्यक्रम सम्पन्न भएको हो । साथै आजको यस कार्यक्रम संचालन यसै क्याम्पसका स-प्राध्यापक श्री जित नारायण थनैतले गर्नु भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *