Madhyavarti Multiple Campus

यस मध्यवर्ती बहुमुखी क्याम्पस, गोछडामा समय सापेक्ष स्नातक तहमा गुणस्तरीय प्राविधिक शिक्षा Bachelor of Hotel Management (B.H.M.) संचालन गर्ने उद्देश्यका साथ यहि मिति २०७६ साल माघ ११ गते देखि १९ गतेसम्म हुन गइरहेको श्रीमद भागवत तथा धन धान्यांन्चल ज्ञान महायज्ञलाई सभ्य र भब्य रूपमा सफल पार्नका लागि मिति २०७६ साल पौष २३ गते बुधबार यज्ञ मुल समारोह समितिका संयोजक एवं संस्थापक अध्यक्ष आदरणीय श्री पुष्परत्न महतोज्युको आतिथ्यतामा यस क्षेत्र अन्तर्गतका होटल तथा व्यवसायहरुसँङ अन्तक्रिया कार्यक्रम सम्पन्न गरियो ।
साथै क्याम्पसको तर्फबाट आर्थिक उप-समितीका संयोजक श्री रामकृष्ण ढुंगाना, क्याम्पस संचालन समिती, अध्यक्ष एवं मुल समारोह समितिका सह-संयोजक श्री डाँसिराम बस्याल, मुल समारोह समितिका सह-संयोजक श्री नन्द किशोर आचार्य, क्याम्पस प्रमुख श्री हेमराज महतो त्यस्तै गरि चि.रा.नि. पश्चिम सेक्टरका सहायक संरक्षक अधिकृत श्री प्रकाश उप्रेती, बटुकदल गण अमलटारी ‘ख’ गुल्म हेड क्याटरका मेजर श्री नवराज नाथ, अमलटारी मध्यवर्ती उपभोक्त समितिका अध्यक्ष श्री केदारनाथ घिमिरे, AFCRC का कार्यकारी निर्देशक श्री मेघराज श्रेष्ठ, थारु सफारी लज (थारु भिलेज) का प्रबन्ध निर्देशक श्री डि.बि. चौधरी, टेम्पल टाइगर ग्रिन जङ्गल रिसोर्टका राहुल सिंह रावल, ब्याम्बो कटेजका प्रोपाइटर श्री ज्ञान बहादुर बोटे, थारु कम्युनिटी रिसोर्टका व्यवस्थापन श्री जनक महतो, अमलटारी होमस्टेका व्यवस्थापन श्री धनिराम गुरौ, मच्यान कन्टी भिल्लाका देव बहादुर के.सि., बरौली होमस्टे, हिमालयन वाइड लाइफ, Holiday Homes NANA का व्यवस्थापक र अन्य होटल व्यवसायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सम्पुर्ण होटल व्यवसायी एवं मध्यवर्ती क्षेत्रका कार्यालय, बटुकदल गण र चि.रा.नि. पश्चिम सेक्टरले धन धान्यांचल ज्ञान महायज्ञलाई सव्य र भव्य रुपमा सफल पार्नका लागि आफ्नो क्षेत्र, संघसंस्था र व्यवसायबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *