मध्यवर्ती बहुमुखी क्याम्पस गोछडामा जारी धनधाञ्चलको चौथो दिन सम्म ३ करोड संकलन ।।
मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा व्यवसायिक तथा प्राविधिक शिक्षा होटेल म्यानेजमेन्ट संचानार्थ श्रीमद भागवत तथा धनधान्याचल ज्ञान महायज्ञको चौथो दिन सम्म भुमिदान, द्रव्यदान, तुलादान र जिन्सीदान गरि ३ करोड वरावर संकलन भएको छ । गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि गत शनिवार देखि सुरु भएको धनधान्याञ्चल ज्ञान महायज्ञको चौथो दिन सम्म ३ करोड वरावरको रकम संकलन भएको धनधान्याञ्चल मुल आयोजक समितीका संयोजक पुष्परत्न महतोले जानकारी दिनु भयो ।
धनधान्याञ्चलको चोथो दिन कावासोती १७ निवासी भिमकुमारी महत्तोको परीवारले ४२ लाख ५ हजार ५ सय ५५ प्रदान गर्नु भएको छ । आफ्ना स्वर्गिय पति टेक वाहादुर महत्तोको स्मृतिमा भिमकुमारी सहित उहाको छोराहरुले ४२ लाख मुल्य वरावरको २ गठ्ठा जग्गा सहित उक्त रकम सहयोग गर्नु भएको आर्थिक समितिका संयोजक रामकृष्ण ढुंगानाले जानकारी दिनु भयो । त्यसैगरी कावासोती नगरपालिका १७ गोछडा निवासी रेवनाथ ढुंगाना र सीता ढुंगानाले २५ लाख ११ हजार १ सय ११ प्रदान गर्नु भएको छ । आफ्ना वुवा आमाको स्मृतीमा ढुंगाना परिवारले २५ लाख वरावरको जग्गा सहित उक्त रकम दान गर्नु भएको जनाइएको छ । त्यसैगरी मध्यविन्दु नगरपालिका ३ निवासी धन वहादुर कुमालको परिवारले २५ लाख ३४ हजार १ सय ५ प्रदान गर्नु भएको छ । आफ्ना माता पिताको सम्मानमा कुमाल परवारले २५ लाख वरावरको जग्गा सहित उक्त रकम प्रदान गर्नु भएको यज्ञ मुल सम्पादन समितले जनाएको छ । त्यसैगरी कावासोती १७ गोछडाका नन्दकिशोर आचार्यले नगद ३ लाख ५१ हजार १ सय ११ रुपया प्रदान गर्नु भएको छ । त्यसैगरी कावासोती १५ गोडारका डिल्लीराम न्यौपाने र लुमाकुमारी पाण्डेले १ लाख ५१ हजार १ सय ११ नगद प्रदान गर्नु भएको छ । त्यसैगरी कावासोती १७ गोछडाका युक्त प्रसाद गौडेलले नगद १ लाख ५१ हजार १ सय ११ रुपौया प्रदान गर्नु भएको छ । त्यसैगरी कावासोती १६ गोछडाका भुपति भट्टराइले १ लाख ५१ हजार १ सय ११ , कावासोती १७ कै पुष्परत्न महतोले १ लाख ११ हजार १ सय ११ ,कावासोती १७ कै देवीराम महतोले १ लाख ११ हजार १ सय ११ , मध्यविन्दु ३ निवासी खडानन्द कंडेल ले १ लाख १ हजार १ सय १५ , आकाश महिला वचत समुह कावासोती १७ वाट १ लाख १ हजार १ सय ११ , भवरा मेणरी नाच समुह कावासोती १७ वाट ५० हजार ५ सय ५५ , जागृती आमा समुह कावासोती १७ वाट ५० हजार ५ सय ५१ लगाएतका दानदाता रहेको यज्ञ समितीले जनाएको छ । धनधान्याञ्चलको चौथो दिन सम्म आइपुग्दा दानदिने दाताको संख्या उल्लेख्य वृद्धि भएको वताइएको छ । धनधान्याञ्चलमा दैनिक यज्ञ,ग्रह शान्ति, तुलादान, व्रतवन्ध लगाएतका कार्यहरु समेत भइरहेका छन् । विहान ६ वजे देखि राति ११ वजे सम्म विभिन्न धार्मिक कार्यहरुका साथ विभिध धार्मिक प्रहशन समेत हुने गरेका छन् । सरस्वती माध्यमिक विधालय गोछडाको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने लक्ष राखेर धनधान्याञ्चल आयोजना गरिएको हो । प्रखर भागवत वाचक एवं विद्धान पण्डित नेत्र प्रसाद पराजुलीको मुखारविन्दवाट प्रवचन भइरहेको महायज्ञ आगामि १९ गते सम्मे सञ्चालन हुने छ ।



